काठमाडौँ महानगरद्वारा जलनका बिरामीलाई दुई लाखसम्म निःशुल्क उपचार सेवा, कीर्तिपुर अस्पतालसँग दुई करोडको सम्झौता

काठमाडौँ महानगरद्वारा जलनका बिरामीलाई दुई लाखसम्म निःशुल्क उपचार सेवा, कीर्तिपुर अस्पतालसँग दुई करोडको सम्झौता

  • आइतवार, भदौ २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 266
    SHARES

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले जलन (आगलागी तथा पोलिएका) बाट प्रताडित लक्षित वर्गका बिरामीहरूका लागि प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्मको निःशुल्क उपचार सेवा उपलब्ध गराउने भएको छ। सो सेवा सञ्चालनका लागि काठमाडौँ महानगरपालिका र कीर्तिपुरस्थित जनस्वास्थ्य सरोकार ट्रस्ट (कीर्तिपुर अस्पताल) बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौता अनुसार महानगरभित्रका विपन्न, हिंसापीडित तथा बेवारिसे बिरामीका साथै स्थायी बासिन्दा, जनप्रतिनिधि, कर्मचारी र उनीहरूका परिवारले यो सुविधा प्राप्त गर्नेछन्। काठमाडौँ महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलका अनुसार पैसाको अभावमा कसैले उपचारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले ‘जलन उपचार कोष’ खडा गरिएको हो। यद्यपि बिरामीले अस्पतालको क्याबिन, ईएचएस (EHS) वा कस्मेटिक उपचार रोजेको खण्डमा भने यो कोषको रकम प्रयोग गर्न पाइने छैन।

महानगरले सेवा सञ्चालन तथा आवश्यक औजार-उपकरण खरिदका लागि कीर्तिपुर अस्पताललाई कुल दुई करोड रुपैयाँ हस्तान्तरण गरेको छ, जसमध्ये एक करोड रुपैयाँ सोझै जलन उपचार कोषमा जमा हुनेछ भने बाँकी एक करोड रुपैयाँ गत वर्ष खरिद गरिएका एनेस्थेसिया मेसिन, जेनेरेटर र डिजिटल एक्सरे मेसिनको भुक्तानीका लागि प्रयोग गरिनेछ।

सम्झौता पत्रमा महानगरको तर्फबाट स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक गौरी प्रधानले हस्ताक्षर गरेका छन्। कार्यक्रममा डा. शंकरमान राईले प्रविधिको विकाससँगै हाल ५० प्रतिशतसम्म जलेका आधा बिरामीलाई बचाउन सकिने क्षमता बनेको र आगामी १० वर्षभित्र ७० प्रतिशतसम्म जलेका बिरामी बचाउने लक्ष्य रहेको बताए। महानगरले आगलागी नियन्त्रणमा खटिने नगर प्रहरी, अग्नि नियन्त्रक र स्वास्थ्यकर्मीका लागि सचेतना तथा क्षमता विकास कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी