भारतमा सुरु भयो १८ औँ ब्रिक्स शिखर सम्मेलन: १० वर्षपछि एकै मञ्चमा मोदी, सी र पुटिन

भारतमा सुरु भयो १८ औँ ब्रिक्स शिखर सम्मेलन: १० वर्षपछि एकै मञ्चमा मोदी, सी र पुटिन

  • शनिबार, भदौ २७, २०८३
  • मिर्मिरे अनलाइन

  • 304
    SHARES

भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा १८ औँ ब्रिक्स (BRICS) शिखर सम्मेलन सुरु भएको छ। सन् २०१६ को गोवा सम्मेलनपछि पहिलोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी चिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एउटै मञ्चमा प्रत्यक्ष रूपमा एकत्र भएका हुन्।

सम्मेलनमा सहभागी हुन रुसी राष्ट्रपति पुटिन नयाँ दिल्ली आइपुगिसकेका छन् भने चिनियाँ राष्ट्रपति सी पनि उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत पुग्दै छन्। चिनियाँ राष्ट्रपति सीको यो ७ वर्षपछिको पहिलो भारत भ्रमण हो।

‘उत्थानशीलता, नवप्रवर्तन, सहकार्य र दिगोपनका लागि निर्माण’ (Building for Resilience, Innovation, Cooperation and Sustainability) भन्ने मूल नाराका साथ आयोजना भइरहेको दुई दिने सम्मेलनमा विश्व अर्थतन्त्र, ऊर्जा सुरक्षा, जलवायु वित्त, डिजिटल प्रविधि तथा क्षेत्रीय शान्तिबारे गहन छलफल हुनेछ। सम्मेलनको पार्श्वमा प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सीसँग छुट्टाछुट्टै द्विपक्षीय वार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी