सुरक्षित मातृत्व र प्रजनन अधिकार कार्यान्वयनको माग गर्दै विपक्षी दलहरूद्वारा प्रतिनिधिसभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

सुरक्षित मातृत्व र प्रजनन अधिकार कार्यान्वयनको माग गर्दै विपक्षी दलहरूद्वारा प्रतिनिधिसभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

  • शुक्रबार, भदौ २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 418
    SHARES

काठमाडौँ। नेपालको संविधानले प्रदान गरेको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी मौलिक हक प्रभावकारी रूपमा कार्यान्वयन नभएको भन्दै विपक्षी दलका महिला सांसदहरूले प्रतिनिधिसभामा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका सांसदहरूले शुक्रबार संयुक्त रूपमा उक्त प्रस्ताव दर्ता गराएका हुन्।

प्रस्तावको प्रस्तावकमा सांसदहरू सीता थपलिया, राधिका रम्तेल र सरस्वती लामा रहेका छन् भने समर्थकमा भूमिका लिम्बु सुब्बा र बलावती शर्मा छन्। प्रस्तावमा नेपालमा १५ देखि ५९ वर्ष उमेर समूहका ८७ लाख र २० देखि ४० वर्ष उमेर समूहका करिब ५० लाख महिला प्रजनन उमेरमा रहेको तथ्याङ्क प्रस्तुत गरिएको छ।

निजामती (३०%), शिक्षक (२७%), स्वास्थ्य (५५%), बैंकिङ (२५-३०%) र गार्मेन्ट (१८%) क्षेत्रमा महिलाको उपस्थिति उल्लेख्य वृद्धि भइसके पनि अझै पनि “बच्चा पाउने र हुर्काउने काम महिलाकै मात्र हो” भन्ने सामाजिक सोच नबदलिएको प्रस्तावमा औँल्याइएको छ। संविधानको धारा ३८ (२) तथा सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा व्यवस्था गरिएका हकहरू व्यावहारिक रूपमा लागू हुन नसक्दा धेरै महिला आमा बन्नबाट पछि हट्न बाध्य भएको भन्दै राज्यको गम्भीर ध्यानाकर्षण गराउन यो प्रस्ताव ल्याइएको सांसदहरूले जनाएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी