राजविराज अस्पतालको गेटमै महिलाले शिशु जन्माएको घटनामा सरकारद्वारा छानबिन सुरु, ड्युटीमा रहेका कर्मचारी निलम्बित

राजविराज अस्पतालको गेटमै महिलाले शिशु जन्माएको घटनामा सरकारद्वारा छानबिन सुरु, ड्युटीमा रहेका कर्मचारी निलम्बित

  • शुक्रबार, भदौ २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 475
    SHARES

काठमाडौँ। सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिरै एक गर्भवती महिलाले शिशु जन्माउनुपरेको गम्भीर घटनाबारे सरकारले उच्चस्तरीय छानबिन अघि बढाएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले घटनालाई गम्भीरताका साथ लिइ छानबिन प्रक्रिया सुरु गरिएको जानकारी दिएकी हुन्।

मन्त्री मेहताका अनुसार घटना घटेको समयमा ड्युटीमा रहेका अस्पतालका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाइ उनीहरूमाथि छानबिन भइरहेको छ। मन्त्रालयले माग गरेको २४ घण्टे स्पष्टीकरणको जवाफ अस्पताल प्रशासनले पेश गरिसकेको छ भने आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धतासमेत जनाएको छ।

घटनाको स्थलगत अध्ययन तथा निष्पक्ष छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ, एथिकल कमिटीका डा. अजय शाह र स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डा. पवनजङ्ग रायमाझीसहितको ५ सदस्यीय टोली राजविराज पुगिसकेको छ। साथै, जिल्ला प्रशासन कार्यालय सप्तरीले पनि छुट्टै छानबिन समिति गठन गरेको छ। प्रसूतिपश्चात् आमा र नवजात शिशुलाई पुनः प्रसूति वार्डमा भर्ना गरी आवश्यक स्वास्थ्य स्याहार दिइराखिएको मन्त्री मेहताले सभालाई जानकारी गराइन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी