नवनियुक्त उद्योगमन्त्री दीपक साहद्वारा पदभार ग्रहण, ग्यास अभावको समस्या समाधान गर्न छलफल थाल्छु

नवनियुक्त उद्योगमन्त्री दीपक साहद्वारा पदभार ग्रहण, ग्यास अभावको समस्या समाधान गर्न छलफल थाल्छु

  • बिहिबार, भदौ २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 513
    SHARES

काठमाडौँ। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्। बिहीबार साँझ शीतल निवासमा आयोजित समारोहमा शपथ लिएपछि उनी सिधै मन्त्रालय पुगेका हुन्।

पदभार सम्हालेलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री साहले काठमाडौँ उपत्यकालगायत बजारमा देखिएको एलपी ग्यास अभावको समस्या समाधान गर्न र आगामी योजना बनाउन निवर्तमान मन्त्री गौरीकुमारी यादव तथा मन्त्रालयका उच्च कर्मचारीहरूसँग छलफल गरेर अघि बढ्ने बताएका छन्।

अहिले नवनियुक्त मन्त्री साह मन्त्रालयका अधिकारीहरूसँग बजारको मौज्दात र आपूर्तिको वर्तमान अवस्थाबारे छलफलमा जुटिसकेका छन्। उपत्यकामा ग्यास आपूर्ति र व्यवस्थापनको विषयलाई लिएर उत्पन्न विवादका कारण पूर्वमन्त्री यादवले राजीनामा दिएपछि प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा सुनसरी क्षेत्र नम्बर ४ का सांसद साहलाई उद्योग मन्त्रीमा नियुक्त गरिएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी