काठमाडौँ। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा बिहीबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपतिले साहलाई मन्त्री पदमा नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्री साह सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रत्यक्ष सांसद हुन्।
काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति र व्यवस्थापनको विषयलाई लिएर मन्त्री र व्यवसायीहरूबीच विवाद सिर्जना भएपछि पूर्वउद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी थिइन्। यादवको राजीनामालगत्तै प्रधानमन्त्री शाहले साहलाई उद्योग मन्त्रालयको जिम्मेवारी सुम्पेका हुन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline