‘एमाले पुनर्गठन कार्यदलको बैठक आह्वान, ६५ पृष्ठको प्रतिवेदनमाथि छलफल हुने’

‘एमाले पुनर्गठन कार्यदलको बैठक आह्वान, ६५ पृष्ठको प्रतिवेदनमाथि छलफल हुने’

  • बिहिबार, भदौ २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 646
    SHARES

काठमाडौँ। नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ। प्रतिवेदन लेखनको कार्यलाई अन्तिम रूप दिनका लागि गत असार २३ गतेपछि पहिलोपटक कार्यदलको बैठक बस्न लागेको हो।

कार्यदलका सदस्य-सचिव एवं महासचिव शंकर पोखरेलले तयार पारेको ६५ पृष्ठ लामो प्रतिवेदनमा गत निर्वाचनमा व्यहोरेको पराजयको मुख्य जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीले लिँदै पदबाट मार्गप्रशस्त गर्नुपर्ने र पार्टीको विशेष महाधिवेशन बोलाउनुपर्नेजस्ता गम्भीर सुझावहरू समावेश गरिएका छन्।

तर, उक्त प्रतिवेदनको निष्कर्षप्रति तीव्र असन्तुष्टि जनाउँदै अध्यक्ष ओलीले कार्यदलका संयोजक एवं वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई प्रतिवेदन पुनर्लेखन गर्न निर्देशन दिएका थिए। सोही निर्देशन र असन्तुष्टिका बीच शुक्रबार बस्न लागेको कार्यदलको बैठकलाई एमालेभित्रको भावी राजनीतिक दिशा र शक्ति सन्तुलनका हिसाबले निकै चासोका साथ हेरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी