उद्योगमन्त्री गौरीकुमारीले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारीले दिइन् राजीनामा

  • बिहिबार, भदौ २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 722
    SHARES

काठमाडौँ। उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति र व्यवस्थापन सहज बनाउन नसकेपछि चौतर्फी दबाबमा परेकी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष आफ्नो राजीनामा पत्र बुझाएकी हुन्।

बुधबार बसेको संसदीय समितिको बैठकमा मन्त्री यादवले ग्यास उद्योगी र प्रशासनिक संयन्त्रमाथि तीव्र असन्तुष्टि जनाउँदै ५८ वटा ग्यास उद्योगको औचित्यमाथि प्रश्न उठाएकी थिइन्। “करोडौँ रुपैयाँ लिएर लाइसेन्स दिइएको छ, उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास आपूर्ति सहज हुँदैन,” भन्दै उनले कर्मचारीतन्त्रले सरकारलाई काम गर्न नदिएको आरोपसमेत लगाएकी थिइन्। मन्त्री यादवको उक्त टिप्पणीप्रति नेपाल उद्योग वाणिज्य महासंघले कडा आपत्ति जनाउँदै सार्वजनिक माफीको माग गरेको थियो।

यसअघि गत असारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन र सूचना चुहावटको आशंकामा प्रधानमन्त्री शाहले आईजीपी दानबहादुर कार्कीलाई मन्त्री यादवमाथि सोधपुछ गर्न निर्देशन दिएका थिए। सो घटनालगत्तै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले राजीनामा माग्दा मन्त्री यादवले कारण खुलाएर राजीनामा दिने अडान लिएपछि तत्कालीन समयमा राजीनामा टरेको भए पनि पछिल्लो ग्यास विवाद र चौतर्फी दबाबका कारण अन्ततः उनले पद त्यागेकी छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी