ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

  • बुधबार, भदौ २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 532
    SHARES

काठमाडौँ, २४ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त राष्ट्रसङ्घीय परियोजना सेवा कार्यालय (युएनओपीएस) का एसिया तथा प्रशान्त क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक सारा नेट्जरबीच भेटवार्ता भएको छ ।

यही भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीको स्थलगत निरीक्षण गरेर फर्किएको युएनओपीएसको क्षेत्रीय निर्देशकसहितको टोलीसँग आज साँझ ऊर्जा मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा मन्त्री श्रेष्ठले अन्तर–मन्त्रालय समन्वय गरेर विनाशकारी बाढीबाट भएको क्षतिको मूल्याङ्कन गरिरहेको र खोज, उद्धार तथा राहतको कामलाई समेत द्रुत गतिमा सञ्चालन गरिरहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले जलवायु परिवर्तनसँग मध्यनजर गरी विकास निर्माण एकीकृत रुपमा योजना बनाएर अगाडि बढ्नुपर्ने र त्रिशूली करिडोरलाई पनि एकीकृत विकास योजनाअन्तर्गत पुनर्निर्माण गर्नुपर्ने आवश्यकता आफूहरुले महसुस गरेको बताउनुभयो । उहाँले जलस्रोत र जलविद्युत् परियोजना जलवायुमैत्री बनाउने योजनामा मन्त्रालय रहेको उल्लेख गर्नुभयो ।

“संसारले नदेखेको विपत्ति नेपालले सामना गर्नुपर्यो, जलवायु परिवर्तनलाई मध्यनजर गरेर यसमा विभिन्न किसिमको विज्ञता, अनुभवको खाँचो छ, यस्तो विपत्तीमा संसारले नै विज्ञता दिनुपर्छ, संसारकै लागि पाठ हुनसक्छ, भोलिका दिनमा संसारले यो भोग्न सक्छ”, मन्त्री श्रेष्ठले भन्नुभयो ।

भेटमा युएनओपीएसका क्षेत्रीय निर्देशक नेट्जरले दिर्घकालीन एकीकृत विकासका लागि नेपाललाई सहयोग गर्ने बताउनुभयो । “हाम्रो विज्ञता र अनुभव नेपालको एकीकृत विकास योजनामा जोड्छौँ, यसका लागि अझै विस्तृत छलफल सम्बन्धित निकायहरुसँग गर्नेछौँ”, उहाँले भन्नुभयो ।

त्रिशूली करिडोरको दिगो विकास योजनाका लागि अन्तरराष्ट्रिय सहयोगलाई कसरी एकीकृत रुपमा परिचालन गर्न सकिन्छ भनेर पनि आफूहरुले प्राविधिक सहयोग गर्ने उहाँको भनाइ थियो ।

भेटमा युएनओपीएसका नेपालका लागि प्रतिनिधि अलेक्जान्ड्रा राडेटिक, दक्षिण एसिया बहु–देशीय निर्देशक चाल्र्स क्यालन, वरिष्ठ पूर्वाधार सल्लाहकार रिको वालेन्टा, एसिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय स्वास्थ्य, सुरक्षा, सामाजिक तथा वातावरणीय विशेषज्ञ रोजा बज्राचार्यलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी