‘नेपालको इतिहासमै नियोजित रूपमा एकै दिन यति ठूलो विध्वंस भएको अर्को उदाहरण छैन’: प्रचण्ड

‘नेपालको इतिहासमै नियोजित रूपमा एकै दिन यति ठूलो विध्वंस भएको अर्को उदाहरण छैन’: प्रचण्ड

  • बुधबार, भदौ २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 798
    SHARES

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत वर्ष भदौ २४ गते भएको विनाशकारी विध्वंशलाई नेपालको इतिहासकै अत्यन्त रहस्यमय र भयानक घटनाका रूपमा चित्रण गर्दै यसको निष्पक्ष र बहुआयामिक अनुसन्धान गर्न माग गरेका छन्। भदौ २४ को घटना स्मरण गर्दै बुधबार वक्तव्य जारी गर्दै उनले सयौँ वर्षमा निर्माण भएका ऐतिहासिक धरोहर, राजनीतिक दलका कार्यालय, सरकारी तथा निजी संरचनाहरू केही घण्टामै ध्वस्त पारिनु राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथिको गम्भीर प्रहार भएको बताए।

प्रचण्डले भदौ २३ गते युवाहरू (जेनजी) ले सुशासन र पारदर्शिताका लागि उठाएको पवित्र आकांक्षा र २४ गते भएको हिंसात्मक विध्वंश फरक कुरा भएको स्पष्ट पारे। भदौ २४ को घटनाले युवाहरूको भावनाको प्रतिनिधित्व नगरी आन्दोलनलाई नै अपहरण र कब्जा गर्ने शक्तिहरूको हालीमुहाली देखाएको उनको भनाइ छ। घटना भएको एक वर्ष बितिसक्दा पनि राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन दराजमा थन्क्याइएको र वास्तविक दोषी पत्ता लगाउनेतर्फ सरकारले कदम नचालेको भन्दै उनले असन्तुष्टि जनाए।

घटनालाई ‘सुगौली सन्धिपछिको सबैभन्दा ठूलो संकट’ को रूपमा व्याख्या गर्दै प्रचण्डले भने, *”भदौ २४ को घटना नियोजित र रहस्यमय छ, जसका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भू-राजनीतिक आयामहरू छन्। सुरक्षा निकायको भूमिका, तत्कालीन राजनीतिक नेतृत्व र बाह्य प्रभावबारे गहिरो अनुसन्धान हुनैपर्छ।”* उनले संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सबै देशभक्त तथा राजनीतिक शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गर्दै आफ्नो पार्टीले वक्तव्यमार्फत आधिकारिक धारणा सार्वजनिक गरेको जानकारी गराएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी