माइतीघरमा दीप प्रज्वलन भइरहँदा ३० वर्षीया युवतीद्वारा आत्मदाहको प्रयास, अवस्था गम्भीर

माइतीघरमा दीप प्रज्वलन भइरहँदा ३० वर्षीया युवतीद्वारा आत्मदाहको प्रयास, अवस्था गम्भीर

  • मङ्लबार, भदौ २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 513
    SHARES

काठमाडौँ। काठमाडौँको माइतीघर मण्डलामा मंगलबार साँझ जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा दीप प्रज्वलन भइरहेका बेला एक युवतीले आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेकी छन्। गोरखा घर भई हाल काठमाडौँ बस्दै आएकी ३० वर्षीया लक्ष्मीदेवी बस्नेतले साँझ साढे ६ बजेतिर शरीरमा प्रज्वलनशील पदार्थ खन्याएर आगो लगाएकी हुन्।

माइतीघरमा दीप प्रज्वलन कार्यक्रम चलिरहेकै समयमा अचानक युवतीले आगो लगाएपछि त्यहाँ तैनाथ प्रहरी र स्थानीयले तत्काल आगो निभाएर उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याएका छन्। काठमाडौँ परिसरका प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार घाइते युवतीको उपचार भइरहेको र उनी हाल बोल्न सक्ने अवस्थामा नरहेकाले आत्मदाहको प्रयास गर्नुको वास्तविक कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी