कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते वडा अधिवेशन हुने

कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते वडा अधिवेशन हुने

  • मङ्लबार, भदौ २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 988
    SHARES

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गाउँ/नगर वडा अधिवेशन आगामी असोज ३ र ४ गते हुने भएको छ। भोटेकोशी-त्रिशूली विनाशकारी बाढी विपद् र पार्टीभित्रको आन्तरिक सहमतिका लागि भन्दै केन्द्रीय निर्वाचन समितिले यसअघि भदौ २४ गतेका लागि तय गरिएको वडा अधिवेशनको मिति संशोधन गर्दै नयाँ कार्यतालिका सार्वजनिक गरेको हो।

बाढीबाट गम्भीर प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा केन्द्रीय निर्वाचन समितिले तोकेका निर्वाचन अधिकृत र स्थानीय पार्टी तहको समन्वयमा अनुकूलता अनुसार अधिवेशन सम्पन्न गरिने जनाइएको छ। यसैगरी विदेशस्थित नेपाली जनसम्पर्क समितिका बाँकी रहेका देशहरूको अधिवेशन २०८३ असोज १० गतेभित्र सक्ने र जिल्ला तथा प्रदेश अधिवेशनको समयतालिका दोस्रो चरणमा प्रकाशित गरिने कांग्रेसले स्पष्ट पारेको छ।

संशोधित कार्यतालिका अनुसारका मुख्य मितिहरू:

गाउँ/नगर वडा अधिवेशन: २०८३ असोज ३ र ४ गते (देशभरका ६,७४३ वटै वडामा वडा कार्यसमिति निर्वाचन र क्षेत्रीय प्रतिनिधि चयन)
गाउँ/नगरपालिका अधिवेशन: २०८३ असोज ७ गते (बुधबार)
प्रदेश सभा क्षेत्रीय अधिवेशन / प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन: २०८३ असोज १० गते (शनिबार)
केन्द्रीय महाधिवेशन: २०८३ असोज १६, १७, १८ र १९ गते (काठमाडौँ)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी