आलोचनाले बाटो मोड्दैन, भदौ २३ को इतिहास बदल्ने प्रयास नगरियोस्’: गृहमन्त्री सुधन गुरुङ

आलोचनाले बाटो मोड्दैन, भदौ २३ को इतिहास बदल्ने प्रयास नगरियोस्’: गृहमन्त्री सुधन गुरुङ

  • मङ्लबार, भदौ २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 532
    SHARES

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो कार्यशैली, भाषण र पोशाकमाथि भइरहेका विभिन्न टीकाटिप्पणीप्रति कडा असन्तुष्टि जनाउँदै आलोचनाका बाबजुद आफू जेनजी आन्दोलनको मर्म र सपना पूरा गर्ने बाटोमा प्रतिबद्ध रहेको बताएका छन्। मंगलबार (भाद्र २३) काठमाडौँको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा आयोजित ‘जेनजी स्मृति दिवस’ को विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो असन्तुष्टि र प्रतिबद्धता व्यक्त गरेका हुन्।

आफ्नो लुगा र अभिव्यक्ति शैलीलाई लिएर भइरहेका आलोचनाहरूप्रति लक्षित गर्दै गृहमन्त्री गुरुङले भने, *”कहिले भाषण मिलेन भन्छन्, कहिले लुगा मिलेन भन्छन्, योभन्दा बढी ह्यान्डसम हामी हुन सक्दैनौँ।”* आलोचना जतिसुकै भए पनि आफूले जेनजी आन्दोलनको जग र त्यस क्रममा बगेको रगत नबिर्सेको दाबी गर्दै उनले भने, *”अझैसम्म यो हातमा लागेको त्यो रगत तातै महसुस हुन्छ। ती सहिदलाई बोकेको काँध अझै भारी हुन्छ।”*

कार्यक्रमका क्रममा गृहमन्त्री गुरुङले भाद्र २३ गतेको दिन ऐतिहासिक परिवर्तनको विन्दु भएकाले त्यसको इतिहासलाई तोडमरोड नगर्न चेतावनी दिए। भदौ २३ इतिहास भएको र त्यसलाई बदल्ने प्रयास नगर्न आग्रह गर्दै उनले सहिदहरूका सपना पूरा गर्न सरकार दृढ रहेको र आफू सदैव जेनजी आन्दोलनले देखाएकै मार्गमा अविचलित रूपमा अघि बढिरहने दोहोर्‍याए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी