सुशासन नभए दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन : पूर्वप्रधानमन्त्री कार्की

सुशासन नभए दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन : पूर्वप्रधानमन्त्री कार्की

  • मङ्लबार, भदौ २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 665
    SHARES

काठमाडौं, २३ भदौ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन नभएमा संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन भन्ने स्पष्ट सन्देश जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई दिएको बताएकी छन्।

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले राजनीतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने स्पष्ट पारेकी हुन्। उनले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्नुपर्ने अपेक्षा गरेकी छन्।

आन्दोलनका क्रममा भएको जनधनको क्षति र त्यसबाट सिर्जित पीडालाई स्मरण गर्दै कार्कीले भविष्यमा त्यस्तो घटना फेरि दोहोरिन नदिन र जनतालाई फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएकी छन्। साथै, आन्दोलनमा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।

जेनजी आन्दोलनको घाउमाथि मुलुक अहिले भोटेकोशी बाढीको पीडादायी अवस्थाबाट समेत गुज्रिरहेको उल्लेख गर्दै उनले विपद्को यस दुःखद घडीमा एकअर्काको सहारा बन्दै धैर्य र एकताका साथ सामना गर्न आह्वान गरेकी छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी