रसुवा/भोटेकोशी विपद्पछि जलवायु न्यायको मुद्दा उठाउन प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघ महासभा (UNGA) जाने

रसुवा/भोटेकोशी विपद्पछि जलवायु न्यायको मुद्दा उठाउन प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघ महासभा (UNGA) जाने

  • सोमवार, भदौ २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 627
    SHARES

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (UNGA) मा सहभागी हुन आगामी असोज ६ गते (सेप्टेम्बर २२) न्युयोर्क प्रस्थान गर्ने भएका छन्। रसुवाको भोटेकोशी-त्रिशूली बाढीले देशमा व्यापक जनधनको क्षति पुर्‍याएपछि जलवायु परिवर्तन र यसका कारण नेपालले व्यहोर्नुपरेको अकल्पनीय क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्री शाह आफैँ महासभामा जाने तय भएको हो।

प्रधानमन्त्री शाहले असोज ८ गते (सेप्टेम्बर २४) महासभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ। सम्बोधनपश्चात् उनी असोज ९ गते (सेप्टेम्बर २५) स्वदेश फर्कने कार्यक्रम छ। प्रधानमन्त्री नियुक्त भएपछि यो उनको पहिलो विदेश भ्रमण हुनेछ।

यसअघि मन्त्रिपरिषद्ले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघ महासभामा पठाउने निर्णय गरेको थियो। तर, भोटेकोशी महाविपत्तिपछि हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको गम्भीर असर, क्षतिपूर्ति (Climate Compensation) र जलवायु न्यायका लागि देशको कार्यकारी प्रमुख स्वयंले उच्च मञ्चबाट आवाज उठाउनुपर्ने चौतर्फी दबाब र सुझाव आएपछि सरकारले निर्णय परिमार्जन गरेको हो। सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालले हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान पुर्‍याए पनि भोग्नुपरेको भयानक विनाशको मुद्दा उठाउँदै अन्तर्राष्ट्रिय समुदायसँग पुनर्निर्माण सहायता र जलवायु क्षतिपूर्तिको माग गर्नेछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी