बाढीपीडितलाई भौतिक राहतसँगै करुणा, समानुभूति र कानुनी सहजता आवश्यक’: कांग्रेस सभापति गगन थापा

बाढीपीडितलाई भौतिक राहतसँगै करुणा, समानुभूति र कानुनी सहजता आवश्यक’: कांग्रेस सभापति गगन थापा

  • आइतवार, भदौ २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 304
    SHARES

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोसी बाढीका कारण उत्पन्न महाविपत्तिका बेला प्रभावित नागरिकलाई भौतिक राहत र पुनर्निर्माणका साथै भावनात्मक सहानुभूति र कानुनी सहजता आवश्यक रहेको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आफ्नो पछिल्लो स्थलगत भ्रमणको अनुभव र वस्तुस्थिति प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।

नुवाकोट र रसुवाका अति प्रभावित क्षेत्रहरूको भ्रमणबाट फर्किएका सभापति थापाले त्यहाँको अवस्था अत्यन्तै हृदयविदारक रहेको जानकारी दिए। बेत्रावती, उत्तरगया, स्याफ्रुबेँसी, नौकुण्ड र गुम्बाडाँडा जस्ता क्षेत्रमा धेरै परिवारले आफ्ना सदस्यहरू गुमाएको र कतिपयको परिवार नै सखाप भएको स्मरण गर्दै उनले सडक सञ्जाल विच्छेद भएका कारण राहत तथा उद्धार कार्य अझै चुनौतीपूर्ण बनेको बताए।

विपद्को यस कठिन घडीमा नेपाली कांग्रेस पूर्ण रूपमा सरकार र पीडित नागरिकको साथमा रहेको प्रतिबद्धता व्यक्त गर्दै थापाले अतिरिक्त शक्ति लगाएर भए पनि प्रभावित क्षेत्रमा पुनर्स्थापना, पुनर्निर्माण र नागरिकलाई करुणा तथा समानुभूति दिलाउन पार्टी खट्ने स्पष्ट पारे।

भ्रमणका क्रममा देखिएको गम्भीर कानुनी अड्चनबारे ध्यानाकर्षण गराउँदै थापाले मुलुकी देवानी संहितामा रहेको बेपत्ता सम्बन्धी प्रावधानले पीडित परिवारलाई थप समस्यामा पारेको औँल्याए। वर्तमान कानुन अनुसार १२ वर्षसम्म बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने व्यवस्थाका कारण मृतकको काजकिरिया गर्न तथा सरकारी सुविधा र अधिकार प्राप्त गर्न अप्ठ्यारो परेको भन्दै उनले तत्काल कानुन संशोधन गरी स्थानीय सरकारलाई मृत्यु प्रमाणित गर्न सक्ने अधिकार दिन सरकारसँग माग गरे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी