रसुवाको भोटेकोसी बाढी क्षेत्रमा फहराइयो राष्ट्रिय झण्डा, सीमा क्षेत्रमा सुरक्षा निकायको निरन्तर उपस्थिति

रसुवाको भोटेकोसी बाढी क्षेत्रमा फहराइयो राष्ट्रिय झण्डा, सीमा क्षेत्रमा सुरक्षा निकायको निरन्तर उपस्थिति

  • आइतवार, भदौ २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 437
    SHARES

काठमाडौँ। यही भदौ १० गते रसुवास्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त बनेको नेपाल-चीन सीमा क्षेत्रमा सरकारले पुनः राष्ट्रिय झण्डा पुनर्स्थापना गरेको छ। बाढीले सीमा स्तम्भसहितका भौतिक संरचना बगाएको सो स्थानमा शनिबार (भदौ २० गते) झण्डा फहराइएको हो।

प्रधानमन्त्रीको कार्यालयका अनुसार सशस्त्र प्रहरी बल, नेपाल र नेपाली सेनाको संयुक्त समन्वय तथा तीन दिनको निरन्तर जोखिमपूर्ण प्रयासपछि नेपाली सीमा क्षेत्रमा राष्ट्रिय झण्डा पुनः स्थापना गर्न सफलता मिलेको हो।

भोटेकोसीको तीव्र कटान र बाढीको प्रभाव कायमै रहेका कारण नेपालतर्फबाट सीमाको पहिचान गरी झण्डा गाड्ने काम निकै चुनौतीपूर्ण रहेको थियो। प्रतिकूल मौसम र भौगोलिक जोखिमका बाबजुद सुरक्षाकर्मीहरूले परिचालन भई नेपाली भूमिमा राष्ट्रिय ध्वजा फहराएका हुन्।

बाढीका कारण सो क्षेत्रमा ठूलो भौतिक क्षति हुनुका साथै सीमा स्तम्भहरूसमेत बगेका थिए। सीमाको सुरक्षा तथा पहिचानलाई कायम राख्न सुरक्षा निकायहरूले निरन्तर निगरानी र उद्धार कार्य जारी राखेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी