‘सरकारका लक्षण राम्रो छैन, राज्यका निकाय अन्योलमा छन्’: प्रचण्ड

‘सरकारका लक्षण राम्रो छैन, राज्यका निकाय अन्योलमा छन्’: प्रचण्ड

  • शनिबार, भदौ २०, २०८३
  • मिर्मिरे अनलाइन

  • 437
    SHARES

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कार्यशैली र लक्षण राम्रो नदेखिएको टिप्पणी गरेका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले देशको राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र राज्यका प्रमुख निकायहरूमा अलि बढी अन्योलता छाएको बताएका हुन्।

सरकारप्रति आफ्नो पार्टीको स्पष्ट नीति रहेको उल्लेख गर्दै प्रचण्डले सुरुदेखि नै राम्रा काममा सहयोग र समर्थन रहने तथा गलत कामको विरोध र आलोचना गरिने बताउँदै आएको स्मरण गराए। तर, पछिल्लो समय सरकारको कार्यशैली हेर्दा सकारात्मक लक्षण नदेखिएको उनको भनाइ थियो।

पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले देशको स्वतन्त्रता, स्वाधीनता र भौगोलिक अखण्डतालाई सर्वोपरी राख्नुपर्नेमा जोड दिए। लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र तथा स्वतन्त्रताको रक्षाका लागि राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाज एकजुट भएर राष्ट्र तथा जनताप्रति थप गम्भीर र जिम्मेवार बन्नुपर्ने उनले औँल्याए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी