दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

  • शुक्रबार, भदौ १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 608
    SHARES

काठमाडौँ, १९ भदौः गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितै राखेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले निरन्तरको कठिन चुनौतीका बाबजुत उद्धारमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र सेन्टल कमाण्ड सेन्टरको टोलीप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

आज बिहान त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारी सञ्जय साह र कवीर महर्जनको उद्धार गरिएको थियो । उहाँले उद्धार टोली अझै पनि सबै सुरुङमा निरन्तर खटिइ रहेको जानकारी दिनुभयो ।

गृहमन्त्री गुरुङ सुरुङबाट साह र महर्जनको सकुशल उद्धारका बेला उहाँहरु दुवै जना र उद्धार टोलीलाई हौसला प्रदान गर्न सोही ठाउँमा पुग्नुभएको थियो ।

गृहमन्त्री गुरुङले बाढीमा परी सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि निरन्तर प्रयास गर्नु हुने सांसदद्वय सागर ढकाल र श्रीराम न्यौपानेको कामको उच्च कदर गरिएको उल्लेख गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी