काठमाडौँ। सरकारले आउँदो भदौ २३ गते ‘जेनजी सहिद दिवस’ (Gen Z Martyr Day) को अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले भदौ २३ गतेलाई जेनजी सहिद दिवसका रूपमा मनाउँदै नेपालभर सार्वजनिक बिदा दिइने जानकारी दिए।
गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ४५ जना नागरिकहरूलाई सरकारले सहिद घोषणा गरिसकेको छ। तिनै सहिदहरूको योगदान र बलिदानको सम्मान गर्दै सरकारले भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline