भदौ २२ गते राष्ट्रिय शोक मनाउने मन्त्रिपरिषद्को निर्णय, सरकारी कार्यालय र नियोगहरूमा झण्डा आधा झुकाइने

भदौ २२ गते राष्ट्रिय शोक मनाउने मन्त्रिपरिषद्को निर्णय, सरकारी कार्यालय र नियोगहरूमा झण्डा आधा झुकाइने

  • बिहिबार, भदौ १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 912
    SHARES

काठमाडौँ। सरकारले रसुवाको भोटेकोसी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी आएको १३ औँ दिन अर्थात् भदौ २२ गते देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार राष्ट्रिय शोकका दिन देशभरका सबै सरकारी कार्यालयहरूका साथै विदेशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

विनाशकारी बाढीका कारण हालसम्म १,२०० भन्दा बढी नागरिकले ज्यान गुमाइसकेका छन् भने हजारौँ बेपत्ता र विस्थापित भएका छन्। सरकारले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्न राष्ट्रिय शोकको घोषणा गरेको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी