चीनद्वारा १० फरेन्सिक विज्ञ र मर्चरी फ्रिजरसहित राहतको तेस्रो खेप काठमाडौँ अवतरण, ३० बेलिब्रिजमध्ये पहिलो ब्याच कोरला नाकामा

चीनद्वारा १० फरेन्सिक विज्ञ र मर्चरी फ्रिजरसहित राहतको तेस्रो खेप काठमाडौँ अवतरण, ३० बेलिब्रिजमध्ये पहिलो ब्याच कोरला नाकामा

  • बिहिबार, भदौ १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 665
    SHARES

काठमाडौँ। बाढी प्रभावित क्षेत्रमा शव पहिचान र राहत कार्यमा सहयोग पुर्‍याउन चीनले आकस्मिक सहायताको तेस्रो खेप नेपाल पठाएको छ। चिनियाँ जनमुक्ति सेना (PLA) को विशाल ट्रान्सपोर्ट एयरक्राफ्ट ‘वाई-२०ए’ (Y-20A) जहाजमार्फत उक्त सामग्री तथा विशेषज्ञ टोली बिहीबार काठमाडौँ अवतरण गरेको हो।

नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको उपस्थितिमा त्रिभुवाहन अन्तर्राष्ट्रिय विमानस्थलमा ती राहत सामग्री हस्तान्तरण तथा चिनियाँ विज्ञहरूलाई स्वागत गरिएको थियो। चीनले यस खेपमा १० जना फरेन्सिक विज्ञहरूसहित मर्चरी फ्रिजर, महामारी रोकथामका सामग्री र दैनिक अत्यावश्यक वस्तुहरू पठाएको छ। फरेन्सिक विज्ञको यो चौथो ब्याचले रसुवा तथा अन्य बाढी प्रभावित क्षेत्रमा पहिचान हुन नसकेका शवहरूको पहिचान प्रक्रियामा नेपाली टोलीलाई सहयोग गर्नेछ।

यसैबिच, बाढीका कारण मुख्य राजमार्गका धेरै पक्की पुलहरू बगेपछि चीनले घोषणा गरेको ३० वटा बेलिब्रिजमध्ये पहिलो ब्याच कोरला नाकानजिकै चिनियाँ सीमामा आइपुगेको छ। मुस्ताङस्थित लिजी–नेचुङ सीमा बन्दरगाहमा ती बेलिब्रिजहरू छिट्टै नेपाली पक्षलाई हस्तान्तरण गरिने काठमाडौँस्थित चिनियाँ दूतावासले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी