सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

  • बुधबार, भदौ १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 532
    SHARES

काठमाडौँ, १७ भदौः राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले विपद्मा आरोप प्रत्यारोप नभई आफ्नो पार्टीले सरकारलाई खोज, उद्धार र राहतमा साथ दिइरहेका र सरकार मिलेर काम गरिरहेको बताउनुभयो । उहाँले अन्तरराष्ट्रिय निकायसँगै राज्यका सबै सरकारको साथमा उभिन आग्रह गर्नुभयो ।

राज्यका स्रोतसाधन परिचालन गर्ने कार्यकारी अधिकार र दायित्व सरकारसँग भएकाले यसमा सरकार अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने उहाँको भनाइ थियो । यस्तो अवस्थामा सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई पनि सँगै परिचालन गर्नुपर्ने बताउनुभयो । सुरुङमा अहिले पनि जिवित व्यक्ति हुनसक्ने उल्लेख गर्दै नेता शाही विज्ञ र जानकारी भएका व्यक्तिको सहयोग लिएर खोजी तथा उद्धारको जुट्न सुझाव दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी