प्राकृतिक विपत्तिपछिको अवस्थामा राष्ट्रिय सहमति आवश्यक छ : एमाले नेता थापा

प्राकृतिक विपत्तिपछिको अवस्थामा राष्ट्रिय सहमति आवश्यक छ : एमाले नेता थापा

  • बुधबार, भदौ १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 456
    SHARES

काठमाडौँ, १७ भदौ : नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले राष्ट्रिय सहमति र सामूहिक पहलबाट मात्रै विद्यमान प्राकृतिक विपत्तिपछिको सङ्कटको सामना गर्न सकिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा सम्बोधन गर्दै नेता थापाले उद्धार, राहत र समन्वयमा प्रभावकारी काम गर्न सक्नुपर्नेमा जोड दिनुभयो । रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको विनासकारी बाढीमा परेर दिवङ्गत भएकाहरूप्रति श्रद्धाञ्जली दिँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । उहाँले बेपत्ता भएकाहरूको खोजी र राहत तथा पुनःस्थापनामा योजनाबद्ध कामका लागि सामूहिक र सङ्गठित प्रयास गर्नुपर्ने बताउनुभयो ।

सरकार सदनप्रति पूर्ण उत्तरदायी हुनुपर्ने तथा सरकारले राजनीतिक दल र विज्ञहरूको सर्वपक्षीय संयन्त्र गठन गर्नुपर्ने उहाँको प्रस्ताव थियो । पूर्व रक्षामन्त्री थापाले अन्तररष्ट्रिय सहयोग र समन्वय गर्न परराष्ट्रमन्त्रीको नेतृत्वमा विशेष कार्यदल, युद्धस्तरमा उद्धार र राहत कार्यका लागि रक्षामन्त्रीको नेतृत्वमा एकीकृत विशेष कार्यदल र क्षतिको समग्र मूल्याङ्कन र पुनः निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्न सुझाव दिनुभयो । उहाँले जलवायु सङ्कटले नेपालले खेपिरहेका समस्याबारे सगरमाथा संवादको दोस्रो संस्करणलाई आयोजना गर्न पनि आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी