चीनबाट आपत्कालीन राहत सामग्रीको दोस्रो खेप काठमाडौँ आइपुग्यो, ५ जना डिएनए विशेषज्ञ पनि नेपालमा

चीनबाट आपत्कालीन राहत सामग्रीको दोस्रो खेप काठमाडौँ आइपुग्यो, ५ जना डिएनए विशेषज्ञ पनि नेपालमा

  • बुधबार, भदौ १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 304
    SHARES

काठमाडौँ — चीन सरकारले नेपालका बाढीपीडितहरूका लागि सहयोगस्वरुप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको दोस्रो खेप मंगलबार साँझ काठमाडौँ आइपुगेको छ। चिनियाँ जनमुक्ति सेना (पीएलए) को वायुसेनाको विशेष विमानमार्फत उक्त राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो।

राहत सामग्रीसँगै चिनियाँ सहयोगी विज्ञका रूपमा ५ जना डिएनए पहिचान विशेषज्ञ पनि सोही उडानमार्फत नेपाल आइपुगेका छन्। बाढीका कारण क्षतविक्षत भएका र पहिचान खुल्न नसकेका शवहरूको फरेन्सिक तथा डिएनए परीक्षणका लागि उनीहरूले सघाउनेछन्।

मन्त्री पुनद्वारा सामग्री ग्रहण
विमानस्थलमा आयोजित एक कार्यक्रमका बीच नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो। मन्त्री पुनसहित नेपाली प्रतिनिधिमण्डलले चिनियाँ विज्ञ टोलीलाई स्वागत गरेका थिए।

नेपालस्थित चिनियाँ दूतावासका अनुसार यस खेपमा उद्धारका लागि तत्काल आवश्यक पर्ने ड्रोन, डिएनए परीक्षणका आधुनिक उपकरण, पानी शुद्धीकरण गर्ने सामग्री तथा अन्य अत्यावश्यक उपकरणहरू रहेका छन्।

भोटेकोसी तथा त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीपछि छिमेकी मुलुक चीनले नेपाललाई नगद, खाद्य तथा उद्धार सामग्रीमार्फत निरन्तर सहयोग पुर्‍याउँदै आएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी