पूर्वाधारमन्त्रीप्रति रास्वपा सचेतक धितालको कटाक्ष: ‘काठमाडौँमा बसेर स्थानीय तहलाई आरोप लगाउनु अनुचित’

पूर्वाधारमन्त्रीप्रति रास्वपा सचेतक धितालको कटाक्ष: ‘काठमाडौँमा बसेर स्थानीय तहलाई आरोप लगाउनु अनुचित’

  • बुधबार, भदौ १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 342
    SHARES

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको अभिव्यक्तिलाई लिएर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले कडा टिप्पणी गरेकी छन्। बाढी विपद्का बेला काठमाडौँमा बसेर स्थानीय तह सक्रिय भएनन् भन्दै आरोप लगाउनु किमार्थ उचित नहुने उनले बताएकी छन्।

मन्त्री लम्सालले भोटेकोसी बाढीलगत्तै स्थानीय तहहरू स्वतः परिचालन नभएको र संघसँग समन्वय नगरेको भन्दै असन्तुष्टि जनाएपछि सचेतक धितालले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रतिक्रिया दिएकी हुन्।

“स्थानीय तह आफैँ विपद्को पीडित हो”
मन्त्रीको भनाइप्रति असहमति जनाउँदै सचेतक धितालले बाढीप्रभावित स्थानीय तह आफैँमा मुख्य पीडित भएको स्मरण गराएकी छन्।

“हामीले कस्तो नसम्झेको! स्थानीय तह आफैँ पनि यो विपद्को पीडित हो। उसको आफ्नै सहर बाढीले बगाएर बगर बनेको छ,” उनले लेखेकी छन्, “जसले आफैँ गाँस, बास र कपास गुमाएको छ, उसैबाट पूर्ण क्षमतामा सोच्न, निर्णय गर्न र अरूलाई सम्हाल्न अपेक्षा गर्नु कति न्यायोचित हो?”

सङ्घको दायित्व सहारा बन्नु हो
प्रभावित प्रदेश र स्थानीय तहलाई दोषारोपण गर्नुको सट्टा उनीहरूलाई पुनरुत्थानका लागि सहयोग गर्नु सङ्घीय सरकारको मुख्य दायित्व हुने उनको भनाइ छ।

“प्रभावित प्रदेश र स्थानीय तहलाई कठघरामा उभ्याउने होइन, उनीहरूलाई उभिन सक्ने बनाउने हाम्रो जिम्मेवारी हो,” धितालले थप लेखेकी छन्, “विपद्का बेला सरकारका विभिन्न तहहरू प्रतिस्पर्धी होइनन्, एकअर्काका सहारा हुन्। त्यसैले हामी सहारा बनौँ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी