भारतको गण्डक नदीमा भेटिए १३ शव, नेपाललाई बुझाउने तयारी

भारतको गण्डक नदीमा भेटिए १३ शव, नेपाललाई बुझाउने तयारी

  • मङ्लबार, भदौ १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 912
    SHARES

काठमाडौँ, भदौ १६ — नेपालको रसुवा क्षेत्रमा आएको भीषण बाढीका कारण बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेका बेला भारतको उत्तर प्रदेशस्थित कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा १३ वटा अज्ञात शव फेला परेका छन्।

कुशीनगर जिल्ला प्रशासनका अनुसार नदीमा भेटिएका ती शवहरूमा ६ पुरुष र ७ महिला रहेका छन्। शवहरूको व्यवस्थापनका लागि ६ वटा शव कुशीनगर मेडिकल कलेजको शवगृहमा राखिएको छ भने बाँकी ७ वटा शव गोरखपुर एम्स पठाइएको छ।

घटनाको गम्भीरतालाई मध्यनजर गर्दै भारतीय प्रशासनले एसडिआरएफ (SDRF) र एनडिआरएफ (NDRF) को टोलीमार्फत नदीमा निरन्तर खोजी तथा उद्धार कार्य जारी राखेको छ। थप शव फेला पर्न सक्ने सम्भावनालाई ध्यानमा राखी सुरक्षाकर्मीहरू उच्च सतर्कतामा छन्।

कुशीनगरकी प्रमुख जिल्ला अधिकारी वन्दिता श्रीवास्तवले तोकिएको कानुनी र प्रशासनिक प्रक्रियाअनुसार सबै कदम चालिएको जानकारी दिएकी छिन्। उनका अनुसार नेपालबाट आएका आफन्त तथा नागरिकहरूलाई सहयोग पुर्‍याउन स्थानीय प्रशासनले एक विशेष नियन्त्रण कक्ष (कन्ट्रोल रुम) समेत स्थापना गरेको छ।

भारतीय विदेश मन्त्रालयमार्फत नेपाल सरकारसँग समन्वय भइरहेको र पोस्टमार्टम लगायतका सम्पूर्ण प्रक्रिया पूरा भएपछि बरामद गरिएका सबै शवहरू नेपाल पक्षलाई औपचारिक रूपमा हस्तान्तरण गरिने प्रशासनले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ