परराष्ट्रमन्त्री खनाल र सिङ्गापुरका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र सिङ्गापुरका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता

  • सोमवार, भदौ १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 551
    SHARES

काठमाडौँ, १५ भदौः परराष्ट्रमन्त्री शिशिर खनाल र सिङ्गापुरका विदेशमन्त्री डा भिभियन बालकृष्णनबीच आज टेलिफोन वार्ता भएको छ ।

सिङ्गापुरका विदेशमन्त्री डा बालकृष्णनले परराष्ट्रमन्त्री खनाललाई बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाउनुभएको परराष्ट्र मन्त्रालयले बताएको छ ।

वार्ताका क्रममा मन्त्री डा बालकृष्णनले विपद्पछिको खोज, उद्धार तथा राहत व्यवस्थापनका क्रममा नेपाली अधिकारीहरुले समन्वयकारी भूमिकासहित छिटोछरितो ढङ्गबाट गर्नुभएको कामको प्रशंसा गर्नुभयो । उहाँले नेपालको आवश्यकताका आधारमा सिङ्गापुर सरकार मानवीय सहायता उपलब्ध गराउन तयार रहेको बताउनुभयो । सिङ्गापुरले जारी खोज तथा राहत कार्यमा सहयोग पु¥याउन विपद् पीडित पहिचान टोली र ड्रोन सहयोग उपलब्ध गराउने तयारी गरेको छ ।

वार्तामा परराष्ट्रमन्त्री खनालले विपद्पछिको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले गरिरहेका प्रयासबारे जानकारी गराउनुभएको थियो । उहाँले बेपत्ता व्यक्तिहरूको खोजी कार्य निरन्तर भइरहेको बताउनुभएको थियो । मन्त्री खनालले कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता र सहयोग व्यक्त गरेकामा सिङ्गापुर सरकार तथा त्यहाँका जनताप्रति आभार व्यक्त गर्नुभएको छ ।

रसुवा, नुवाकोटलगायतका क्षेत्रमा यही भदौ १० गएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला उहाँहरुबीच उक्त टेलिफोन वार्ता भएको हो ।
–––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ