विपद्मा सरकारलाई साथ दिने हो : सभापति थापा

विपद्मा सरकारलाई साथ दिने हो : सभापति थापा

  • आइतवार, भदौ १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 646
    SHARES

ललितपुर, १४ भदौ : नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् व्यवस्थापनमा कमीकमजोरी औँल्याउँदै सरकारलाई साथ दिएर विपद् व्यवस्थापनमा खटिन निर्देश गर्नुभएको छ । भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा कांग्रेसले गरिरहेको काम र अबको योजनाबारे छलफल गर्न आज बोलाइएको बैठकपछि उहाँले विपद्का समयमा तडकभडक र सामाजिक मर्यादा विपरीतका काम नगर्न निर्देशन गर्नुभयो ।

“विपद् व्यवस्थापनका विषयमा सरकारका कमजोरी ध्यानाकर्षण गराउँछौँ, सरकारलाई बुझाएको नौ बुँदेका विषयमा सरकारले ध्यान दिनुपर्छ, सङ्घीय सरकारका निर्दिष्ट जिम्मेवारी समाधान हुनुपर्छ, विपद् व्यवस्थापनका कमीकमजोरीका विषयमा सरकारलाई प्रश्न गर्नुस्, तर असंवेदनशील नहुनुस्, जिम्मेवार र जवाफदेही हुनुस्”, उहाँले भन्नुभयो । तीन तहको सरकारबीच समन्वयमा मात्रै सफलताले परिणाम हासिल गर्छ विपद् व्यवस्थापनमा सङ्घीय सरकारले तीन तहको सरकारबीचको कार्य विभाजन गरेर काम गर्न सक्नुपर्छ उहाँले भन्नुभयो ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दम्बेले उद्धार, राहात र पुनःस्थापनामा सरकारले प्रभावकारी समन्वय र सहकार्यमा ध्यान दिएर नागरिकप्रतिको दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो । कांग्रेसका केन्द्रीय सदस्य जगदीश नरसिंह केसीले अहिले नुवाकोट र रसुवाको साझा पीडा भएको भन्दै सेना र प्रहरी सक्रिय भए पनि अन्य क्षेत्रबाट काम हुन सकेको छैन भन्नुभयो ।

प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक वासना थापाले विपद्ग्रस्त क्षेत्र रसुवा र नुवाकोटमा स्थलगत भ्रमण गर्दा महिला तथा बालबालिका समस्यामा परेको आफूले पाएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी