बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता

बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता

  • आइतवार, भदौ १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 589
    SHARES

नेपालको हिमालयको दुर्गम क्षेत्रमा विनाशकारी बाढी आएपछि भएको विपत्तिमा परी करिब ८५ अमेरिकी अझै बेपत्ता रहेका अमेरिकी विदेश मन्त्रालयले आइतबार जनाएको छ ।

विपद्पछि दुई हजार ५०० भन्दा बढी व्यक्तिहरू बेपत्ता रहेका छन् भने ७८१ जनाको मृत्यु भएको नेपाल सरकारका अधिकारीहरूले पुष्टि गरेका छन् ।

गत बुधबार बिहान हिलोसहित आएको वाढीले नेपालको रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा वस्तीहरूमा व्यापक भौतिक क्षति पनि पुगेको थियो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले एबीसीको टक शो ‘दिस विक’ लाई बताएअनुसार नौ जना अमेरिकीलाई उद्धार गरिएको छ र कुनै अमेरिकी नागरिकको मृत्यु भएको जानकारी उहाँसँग छैन।

उहाँले भन्नुभयो, “प्रकृतिक विपत्तिले क्षति पु¥याएको स्थानको दुर्गम अवस्थाले भरपर्दो जानकारी प्राप्त गर्न कठिन छ, तर हाम्रो समर्पण र प्रतिबद्धता यथावत छ ।”

संयुक्त राज्य अमेरिका र क्यानडा दुवैले राहत तथा उद्धारमा सघाउन ३६ लाख डलर सहायता दिने जनाएका छन् भने बेलायतले ६८ लाख डलर प्रस्ताव गरेको छ। संयुक्त राष्ट्रसङ्घले आपतकालीन कोषबाट २५ लाख डलर सहायता जारी गरेको छ ।

अमेरिकी सहयोगको केही भाग सडक मर्मत र दुर्गम क्षेत्रमा खाना तथा अन्य सहायता पु¥याउन ‘विशेष यातायात विकल्प परिचालन’ मा प्रयोग हुने पिगटले बताउनुभयो ।

यो विनाश हिमताल भासिएका कारण भएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । चिनियाँ विज्ञहरूले नेपालको लिरुङ शिखरको दक्षिणी ढलानमा रहेको ‘हिमताल फुटेको’ बताएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी