भोटेकोशी बाढी : खोज, उद्धार र राहत प्रभावकारी बनाउन सभापति लामिछानेको निर्देशन

भोटेकोशी बाढी : खोज, उद्धार र राहत प्रभावकारी बनाउन सभापति लामिछानेको निर्देशन

  • आइतवार, भदौ १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 722
    SHARES

काठमाडौँ, १४ भदौः भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ‘ब्रिफिङ’ लिनुभएको छ ।

बाढी प्रभावितको उद्धार तथा राहतमा पार्टीका तर्फबाट भइरहेका गतिविधिबारे जानकारी लिएपछि सभापति लामिछानेले प्रभावकारी ढङ्गले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सभापति लामिछानेले विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्‍याउने गरी उपलब्ध पार्टी संयन्त्र, स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि निर्देशन दिनुभएको छ ।

भोटेकोशी क्षेत्रमा बाढीका कारण प्रभावित तथा जोखिममा रहेका नागरिकको खोज, उद्धार र राहतलाई प्राथमिकतामा राख्दै पार्टीका सबै तहलाई सक्रिय रूपमा परिचालित हुन सभापति लामिछानेले आग्रह गर्नुभएको रास्वपाले जनाएको छ ।

सभापति लामिछानेले प्रभावित पालिकाको सभापतिसँग पनि छलफल गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी