चीनको सिजाङमा पहिरोः नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

चीनको सिजाङमा पहिरोः नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

  • आइतवार, भदौ १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 494
    SHARES

दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको ग्यिरोङ नाकामा अगस्त २६ मा गएको पहिरोपछि २३ देशका २६१ विदेशी नागरिकको अवस्था अज्ञात रहेको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन् ।

परराष्ट्र, सार्वजनिक सुरक्षा, संस्कृति तथा पर्यटन र आपत्कालीन व्यवस्थापन निकायले गरेको संयुक्त खोजी तथा विवरण रुजुपछि क्षेत्रीय सरकारको सूचना कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो।

अवस्था अज्ञात रहेकामा १०४ नेपाली नागरिकका साथै भारतका ४९, लाटभियाका ३३, संयुक्त राज्य अमेरिकाका १८, बेलायतका १५, क्यानडा र अष्ट्रेलियाका छ/छ, दक्षिण अफ्रिकाका चार तथा मलेसिया, जर्मनी र रुसका तीन/तीन जना नागरिक छन् ।

त्यसैगरी आयरल्याण्ड, इस्टोनिया, फ्रान्स, नेदरल्यान्ड्स र न्युजिल्यान्डका दुई÷दुई जना तथा काजाकिस्तान, फिनल्यान्ड, लिथुआनिया, पोर्चुगल, युक्रेन, स्पेन र हङ्गेरीका एक/एक जना रहेको अधिकारीहरूले बताएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी