सुरुङमा उद्धारका लागि विदेशी सहयोग लिन हिचकिचाउनु हुँदैन: गगन थापा

सुरुङमा उद्धारका लागि विदेशी सहयोग लिन हिचकिचाउनु हुँदैन: गगन थापा

  • आइतवार, भदौ १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 646
    SHARES

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगन थापाले सुरुङ मार्गमा भइरहेको उद्धार कार्यमा स्वदेशी विज्ञता मात्र पर्याप्त नभएकाले विदेशी सहयोग लिन सरकार हिचकिचाउन नहुने बताएका छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित पदाधिकारी, केन्द्रीय सदस्य तथा सरोकारवाला पक्षबीचको छलफलमा उनले यस्तो धारणा राखेका हुन्।

सुरुङभित्रको उद्धार कार्य जटिल रहेको जानकारी पाएपछि आफूले परराष्ट्रमन्त्रीलाई सम्पर्क गरी बाह्य मुलुकबाट तत्काल सहायता लिन आग्रह गरिसकेको थापाले बताए। विपद्का बेला छिमेकी वा अन्य मित्रराष्ट्रहरूसँग सहयोग माग्नु स्वाभाविक हुने उनको भनाइ छ।

छलफलक्रममा कांग्रेसले विपद्को यस कठिन समयमा सरकारलाई पूर्ण सहयोग गर्दै उद्धार तथा राहत कार्यका कमीकमजोरीबारे निरन्तर ध्यानाकर्षण गराउने निर्णय गरेको छ। सरकारको काममा रहेका ‘ग्याप’ र कमजोरी औँल्याउनु आलोचना नभई सहयोग नै भएको स्पष्ट पार्दै थापाले स्थानीय सरकारलाई बाइपास गरेर विपद् व्यवस्थापन प्रभावकारी हुन नसक्ने भएकाले सङ्घीय सरकारलाई स्थानीय तहसँग बलियो समन्वय गर्न सुझाव दिएका छन्।

मुलुक शोकमा रहेको र हजारौँ नागरिक प्रभावित भएकाले पार्टीका कुनै पनि तहलाई सार्वजनिक उत्सव र भड्किला कार्यक्रम नगर्न निर्देशन दिँदै उनले हरितालिका तीजजस्ता पर्वहरू पनि सामान्य रूपमा मात्र मनाउन आग्रह गरेका छन्। अबको सम्पूर्ण ध्यान उद्धार र राहतमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै सोमबारदेखि सभापति थापा स्वयंको नेतृत्वमा एक टोली बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन र राहत समन्वयका लागि प्रस्थान गर्ने जनाइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी