सरकारी राजपत्रः ५ जिल्लाका १५ स्थानीय तह ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा

सरकारी राजपत्रः ५ जिल्लाका १५ स्थानीय तह ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा

  • शनिबार, भदौ १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

काठमाडौँ, १३ भदौ । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी ५ जिल्लाका १५ स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको छ।

गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार सरकारले राजपत्रमार्फत सो घोषणा गरेको हो।

तिब्बत हुँदै नेपाल पसेको प्रलयकारी बाढीले ठूलो क्षति पुर्‍याएका रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरिएको छ।

जसअनुसार रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङ्मो गाउँपालिका तथा नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिका एवम् किस्पाङ र तारकेश्वर गाउँपालिका विपद्ग्रस्त क्षेत्र घोषित भएका छन्।

त्यस्तै धादिङका सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका र तनहुँका दुई स्थानीय तह (देवघाट र आँबुखैरैनी गाउँपालिका) रहेका राजपत्रमा उल्लेख छ।

सरकारले भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा प्रलयकारी बाढीको क्षति भोगेका ५ जिल्लाका १५ स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्दै उद्धार, राहत र पुनर्मार्माणमा केन्द्रित हुने जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी