केरुङ बाढी प्रभावित क्षेत्रमा नेपाललाई आपत्कालीन सहयोग र उद्धार सहकार्य गर्ने चीनको निर्णय

केरुङ बाढी प्रभावित क्षेत्रमा नेपाललाई आपत्कालीन सहयोग र उद्धार सहकार्य गर्ने चीनको निर्णय

  • शुक्रबार, भदौ १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 798
    SHARES

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को राजनीतिक ब्यूरो बैठकले केरुङ (ग्यिरोङ) क्षेत्रमा गएको विनाशकारी पहिरो र बाढीबाट प्रभावित नेपाली क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णय गरेको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको बैठकले तिब्बतको सीमावर्ती क्षेत्रमा भएको विपत्तिपछिको उद्धार तथा राहत कार्यबारे छलफल गर्दै नेपाललाई पनि आवश्यक सहयोग पुर्‍याउने निर्णय गरेको हो।

बैठकको सुरुआतमा राष्ट्रपति सीसहितका नेताहरूले बुधबार सीमा क्षेत्रमा गएको विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरेका थिए।भिरालो भौगोलिक बनावट, बदलिँदो मौसम र हिमतालका कारण अत्यधिक चुनौतीका बाबजुद उद्धार कार्य तीव्रताका साथ अघि बढाइएको चीनले जनाएको छ।

बैठकले बेपत्ता भएका सबै चिनियाँ तथा विदेशी नागरिकको खोजी एवं उद्धारका लागि वैज्ञानिक योजना बनाएर प्रभावकारी समन्वयका साथ अघि बढ्न सबै निकायलाई निर्देशन दिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी