• मङ्लबार, भदौ ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 779
    SHARES

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएको पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ।

कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सोमबार पेस गरिएको रिट मंगलबार औपचारिक रूपमा दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए। उक्त पूरक निवेदनमाथि आगामी भदौ ११ गतेका लागि पेसी तोकिएको छ।

विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्यसमितिले १५औँ महाधिवेशनको तालिका सार्वजनिक गरिसकेको छ। तर, देउवा र खड्काले भने महाधिवेशनका सम्पूर्ण प्रक्रिया तत्काल रोक्न माग गरेका हुन्।

कांग्रेसको आधिकारिकता सम्बन्धी मूल विवाद सर्वोच्च अदालतमै विचाराधीन रहेकाले त्यसको अन्तिम छिनोफानो नभएसम्म महाधिवेशनका गतिविधि अघि बढाउन नहुने उनीहरूको तर्क छ। साथै, यसअघिको फैसला पुनरावलोकन निवेदनका साथै अहिले पेस गरिएको पूरक निवेदनलाई समेत एकैसाथ राखेर हेर्न माग गरिएको छ।

यसअघि निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको समितिलाई नै आधिकारिकता दिएको थियो। उक्त निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च पुगे पनि अदालतले सुरुआतमा आयोगकै निर्णय सदर गरेको थियो। तर, सो आदेशप्रति असन्तुष्टि जनाउँदै देउवा र खड्काले पुनरावलोकन निवेदन दिएपछि प्रधानन्यायाधीश मनोजकुमार शर्मासहितको पूर्ण इजलासले निसा (अनुमति) प्रदान गरेको थियो। यससँगै नेपाली कांग्रेसभित्रको आधिकारिकता विवाद पुनः पेचिलो बनेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी