हेटौंडा। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। उनले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिन लागेका हुन्।
विश्वासको मत प्रयोजनका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ।
सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र एमालेले आफ्ना प्रदेश सभा सदस्यहरूलाई मुख्यमन्त्री थापामगरको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन्। नेकपाले आफ्ना २६ जना प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीको पक्षमा अनिवार्य मतदान गर्न निर्देशन दिएको छ।
उता राप्रपाभित्र भने विवाद कायमै रहेको छ। पार्टीले आफ्ना प्रदेश सभा सदस्यहरूलाई विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline