राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भदौ पहिलो साताका लागि तय भएको चीन भ्रमण तत्कालका लागि स्थगन भएको छ। यही भदौ ७ देखि १४ गते (अगस्ट २३ देखि ३०) सम्म पत्नी निकिता पौड्यालसहित पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेइजिङ र तिब्बतको कैलाश मानसरोवरसम्म जाने उहाँको कार्यतालिका रहेको थियो।
चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटघाट निश्चित हुन नसकेको र देशभित्रकै फेरिएको परिस्थितिका कारण लामिछानेले भ्रमण स्थगन गर्नुभएको हो। लामिछानेको भ्रमण रोकिए पनि बेइजिङमा आयोजना हुने विकासशील देशका सांसदहरूको ८औँ सेमिनारमा सहभागी हुन रास्वपा सांसद कमल सुवेदीको नेतृत्वमा ५ सदस्यीय नेपाली संसदीय टोली भने भदौ ८ गते चीन प्रस्थान गर्दैछ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline