खोलामा डुबेर एक व्यक्तिको मृत्यु

खोलामा डुबेर एक व्यक्तिको मृत्यु

  • आइतवार, भदौ ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 494
    SHARES

वीरगञ्ज (पर्सा), ७ भदौः खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२ ढोङ्गही खोलामा भैँसी चराउन गएको अवस्थामा बहुदरमाई नगरपालिका–१ निवासी अन्दाजी ६० वर्षीय ब्रह्मदेव राउत अहिरको डुबेर मृत्युु भएको प्रहरीले जनाएको छ ।

खोलामा बेपत्ता भएको भनी स्थानीयबाट सूचना प्राप्त भएपछि खोजीका लागि सुरक्षा बेश पोखरियाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सञ्जय रेग्मीको कमाण्डमा विपद् व्यवस्थापन टोली तथा इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको कमाण्डमा खटिएको संयुक्त टोलीले ब्रह्मदेवको शव फेला पारेको हो ।

खोजी गर्ने क्रममा सशस्त्र प्रहरी बलको टोलीले खोलामा डुबेको अवस्थामा फेला पारेको शवको मुचुल्का उठाई परीक्षणका लागि नारायणी अस्पतालतर्फ पठाइएको सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण पर्साका प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ