नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

  • आइतवार, भदौ ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 323
    SHARES

बाँके, ७ भदौः बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । अध्यक्ष पदमा चिरञ्जीवी ओली फराकिलो मतसहित विजयी हुनुभएको छ । आज सार्वजनिक भएको मतपरिणामअनुसार ओली एक हजार ३८६ मतसहित विजयी हुनुभएको हो । अध्यक्ष पदका प्रतिद्वन्द्वी ध्रुवप्रसाद दाहालले ३७४ मत प्राप्त गर्नुभयो । यसअघि ओली सङ्घमा वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

महिला उपाध्यक्षमा रूपा ओझा एक हजार १६६ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी उमा ग्राण्डनले ५०३ मत प्राप्त गर्नुभयो । निर्वाचनको अन्तिम नतिजाअनुसार महासचिव पदमा विष्णु श्रेष्ठ एक हजार २८७ मतसहित विजयी हुँदा सोही पदका अर्का उम्मेदवार दीपेन्द्रकुमार जोशीले ४०८ मत प्राप्त गर्नुभयो ।

उपमहासचिव पदमा प्रदीप आचार्य विजयी हुनभएको छ । उहाँले ८६४ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी शिवप्रसाद दाहालले ८४२ मत प्राप्त गर्नुभयो । त्यसैगरी कोषाध्यक्ष पदमा टीकामणि उपाध्याय ९१७ मतका साथ विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी सूर्य श्रेष्ठले ५९८ र नारायण प्रसाईंले १८३ मत प्राप्त गरेका गर्नुभयो ।

दश जना कार्यसमिति सदस्य पदका लागि भएको निर्वाचनमा सन्तोषकुमार पौडेल, तोपबहादुर थापा नन्दराम जैसी शरदराज अधिकारी, नगेन्द्र शाही, आदित्य गुप्ता, जाहाँगिर मुसलमान, शरदप्रसाद रिजाल, सुरजबहादुर भण्डारी र अतुलकुमार गुप्ता विजयी हुनुभएको छ । निर्वाचनमा यसअघि नै उपाध्यक्षद्वय उद्योगतर्फ कमलकुमार कार्की र वाणिज्यतर्फ विष्णुप्रसाद श्रेष्ठ निर्विरोध हुनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ