पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

  • आइतवार, भदौ ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 988
    SHARES

काठमाडौँ, ७ भदौः नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) र टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)बीच सहकार्य हुने भएको छ ।

टिवानले आज यहाँ आयोजना गरेको ‘नाट्टाको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना’ प्रदान कार्यक्रममा नाट्टाका नवनिर्वाचित अध्यक्ष भरतजङ्ग पाण्डेले पर्यटन क्षेत्रको विकास र साझा समस्या समाधानका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले टिवान नाट्टाको एक अभिन्न अङ्ग भएकाले टिवान र नाट्टाको समस्या एउटै भएको बताउनुभयो । “टिबान छुट्टै संस्था नभई हाम्रो आफ्नै परिवार हो । पर्यटन क्षेत्रका हरेक एजेन्डामा हामी एक भएर अगाडि बढ्नेछौँ,” उहाँले भन्नुभयो ।

टिवानका संस्थापक अध्यक्ष श्रीकान्त आचार्यले पर्यटक बस र पर्यटन उद्योगमा धेरै समस्या भएकाले यस समस्या समाधानमा वर्तमान कार्यसमिति लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

नाट्टाका महासचिव राजकुमार देवकोटाले पर्यटक बसपार्कको समस्या टिवानको समस्यामात्र नभएर सारा पर्यटन क्षेत्रको समस्या भएकाले यसको समाधानका लागि नाट्टाले प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो ।

टिवानका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले पर्यटक बसपार्क नहुँदा पर्यटक बस व्यवसायीले ठूलो समस्या भोग्नुपरेको भन्दै यसको समाधानका लागि नाट्टासँग सहकार्य गरिने बताउनुभयो ।

पर्यटक बस व्यवसायीको हकहितको अधिकारको रक्षाका लागि स्थापना भएको टिवानले हाल अस्थायी बसपार्कको रूपमा सोह्रखुट्टे सडक प्रयोग गर्दै आइरहेको छ । टिवानले हाल दैनिक १०० पर्यटकीय बसमार्फत नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराह, लुम्बिनी, जनकपुरलगायत क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको टिवानका महासचिव प्रकाशचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ