नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

  • आइतवार, भदौ ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

काठमाडौँ, ७ भदौः नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन संयुक्त गस्तीको क्षेत्र विस्तार गर्नुका साथै सीमा अपराधसम्बन्धी सूचना नियमितरूपमा आदानप्रदान गर्न सहमति जनाएका छन् ।

महोत्तरीको सदरमुकाम जलेश्वरमा शनिबार सम्पन्न नेपाल–भारत सुरक्षा अधिकारीको समन्वयात्मक बैठकमा हातहतियार तथा लागुऔषध ओसारपसार, मानव तस्करीलगायत सीमा अपराध नियन्त्रण एवं रोकथाम, सीमा स्तम्भको सुरक्षा तथा मर्मतसम्भारबारे छलफल भएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेलले राससलाई बताउनुभयो ।

दुवै देशका सुरक्षाकर्मीले गर्दै आएको संयुक्त गस्तीलाई विस्तारका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि घटनासम्बन्धी सूचना एकअर्कासँग साझा गर्ने विषयमा सहमति भएको उहाँले जानकारी दिनुभयो । बैठक पारस्परिक समन्वय र सहकार्यमा बैठक केन्द्रित रहेको उहाँको कथन छ ।

बैठकमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर, सीतामढीका जिल्ला मजिस्ट्रेट तनय सुलतानिया र सीतामढीका प्रहरी उपरीक्षक अमित रञ्जनसहित सुरक्षा अधिकारीको सहभागी हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ