निःशुल्क स्वास्थ्य शिविरमा ४०० जनाले लिए स्वास्थ्य सेवा

निःशुल्क स्वास्थ्य शिविरमा ४०० जनाले लिए स्वास्थ्य सेवा

  • शनिबार, भदौ ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 247
    SHARES

काठमाडौँ, ६ भदौ : ‘स्वस्थ नागरिक, समृद्ध समाज’ भन्ने नाराका साथ सभामुखको सचिवालय र प्रहरी अस्पतालको समन्वयमा काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा सहभागी महिलाहरूको पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणअन्तर्गत सामान्य स्वास्थ्य जाँचसँगै भीआईए तथा पाप स्मियर परीक्षण गरिएको थियो । पाठेघरको मुखबाट लिइएको नमूना प्रहरी अस्पतालको प्रयोगशालामा परीक्षणका लागि पठाइएको आयोजकले जनाएको छ ।

प्रहरी अस्पतालकी प्रहरी वरिष्ठ उपरीक्षक डा दीपा न्हूच्छे प्रधानले परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएमा सम्बन्धित बिरामीलाई उच्च तहका स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यक उपचार तथा थप परीक्षणको व्यवस्था गरिने बताउनुभयो । उहाँले स्तनसम्बन्धी स्वास्थ्य परीक्षणसमेत गरिएको र परीक्षणका क्रममा कुनै समस्या देखिएमा आवश्यकताअनुसार थप परीक्षण तथा उपचारका लागि समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो ।

शिविरमा साँझ ५ः०० बजेसम्म स्वास्थ्य परीक्षण सञ्चालन गर्दा करिब ४०० जनाले स्वास्थ्य सेवा लिएको सभामुखका प्रमुख स्वकीयसचिव मुना कुँवरले जानकारी दिनुभयो । शिविरमा सहभागीलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो भने थप स्वास्थ्य परीक्षण तथा उपचारका लागि आवश्यक पर्ने अवस्थामा यातायातको समेत व्यवस्था गरिएको थियो ।

शिविर पुगेर सभामुख डिपी अर्यालले परीक्षणमा सहभागी दिदीबहिनीसँग भेटघाट गर्नुभएको थियो । उहाँले शिविरको स्वास्थ्य परीक्षणको अवस्था तथा सहभागीहरूले प्राप्त गरिरहेको सेवाका विषयमा जानकारी लिनुभएको थियो ।

स्वास्थ्य शिविरमा सहभागी महिलाहरूले कार्यक्रम निकै उपलब्धिमूलक र प्रभावकारी भएको प्रतिक्रिया दिनुभएको छ । प्रारम्भिक चरणमै स्वास्थ्य समस्या पहिचान गर्न तथा आवश्यक परेमा थप उपचारका लागि समयमै पहल गर्न शिविरले महत्त्वपूर्ण सहयोग पुर्याएको भन्दै सहभागीहरूले सभामुखको सचिवालय तथा प्रहरी अस्पतालप्रति धन्यवाद व्यक्त गरेका थिए ।

महिलामा देखिन सक्ने पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरजस्ता स्वास्थ्य समस्याको समयमै पहिचान र उपचारका लागि यस्ता निःशुल्क स्वास्थ्य शिविर प्रभावकारी हुने सहभागीहरूको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी