एमाले अध्यक्ष ओलीद्वारा ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन

एमाले अध्यक्ष ओलीद्वारा ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन

  • शनिबार, भदौ ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 228
    SHARES

भक्तपुर, ६ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरको नगरकोटमा नेकपा (एमाले) जनसङ्गठन समन्वय संयन्त्रले आयोजना गरेको दुईदिने ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन गर्नुभएको छ ।

चाँगुनारायण नगरपालिका–८ चरेलीस्थित रिसोर्टमा आयोजना गरेको कार्यशालाको उद्घाटन गर्दै उहाँले एमाले कमजोर भए देश कमजोर हुने बताउनुभयो । अध्यक्ष ओलीले देश सङ्कटमा गुज्रिदै गएको अवस्थामा पार्टीलाई बलियो बनाएर अगाडि जान सकेमात्रै देश बलियो हुने बताउँदै पार्टी कमजोर बनाउन खोज्ने तत्वहरूले यस्ता कुरालाई बुझ्नुपर्ने बताउनुभयो ।

व्यक्तिगत स्वार्थ र दोषारोपणबाट माथि उठेर पार्टी र देशको हितका लागि सोच्नुपर्ने बेला आएको बताउँदै पार्टीलाई बलियो बनाउन जनसङ्गठन एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

देश र जनताको हितमा सरकार लाग्नुपर्ने औँल्याउदै उहाँले प्रतिपक्षले खबरदारी गरिरहने बताउनुभयो । दुईदिने कार्यशालाले पार्टी र देशलाई बलियो बनाउने सन्देश दिन उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा अध्यक्ष ओलीले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगर र एमालेबाट शपथ लिएका दुई मन्त्रीलाई सम्मान गर्नुभयो ।

सो अवसरमा पार्टीका महासचिव शङ्कर पोखरेलले पार्टीलाई एकढिक्का बनाएर लैजान सबै लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संयोजक भानुभक्त ढकाल, एमाले सचिव महेश बस्नेतलगायत १५० जना नेताहरूको कार्यशालामा सहभागिता रहेको छ । कार्यशाला आइतबार सम्पन्न हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी