लागुऔषधसहित तीन जना पक्राउ

लागुऔषधसहित तीन जना पक्राउ

  • शनिबार, भदौ ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 1K
    SHARES

भद्रपुर (झापा), ६ भदौः झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार शुक्रबार राति झापा गाउँपालिका–४ चर्तागाछीमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका शिवसताक्षी नगरपालिका–९ का १७ वर्षीय गौरव चौधरीलाई पक्राउ गरिएको हो ।

जाँचका क्रममा निजको साथबाट प्लास्टिकसहित सात ग्राम १० मिलीग्राम ब्राउनसुगर तथा नाइट्रोजन ट्याब्लेट १८ थान बरामद भएको छ । त्यस्तै, आज बिहान भारततर्फबाट साइकलमा नेपाल आउँदै गरेका शिवसताक्षी–६ का २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मर्डीलाई टाघनडुब्बा स्कुल टोलबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिनुभयो ।

निजहरूको साथबाट प्लास्टिकसहित एक ग्राम ७५ मिलीग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ