चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

  • शनिबार, भदौ ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

चितवनको खैरहनी नगरपालिका-१, तरकारी चोकस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार दिउँसो बस र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

नारायणघाटबाट बर्दिबासतर्फ जाँदै गरेको बा. प्र. ०३-००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. प्र. ०१-०१५ प ३३८५ नम्बरको मोटरसाइकल एकापसमा जुध्दा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक (करिब ३० वर्षीय युवक) र पछाडि सवार (करिब २५ वर्षीया युवती) को भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा अपराह्न मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ।

हालसम्म मृतक दुवै जनाको पहिचान खुल्न सकेको छैन। प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारी साधन र बस चालक सर्लाही हरिवन नगरपालिका-८ का ५१ वर्षीय अजयकुमार मास्केलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ