झलनाथ खनालको टिप्पणी: ‘दलाल पूँजीपति वर्गको मुख्य प्रतिनिधि बन्यो रास्वपा’

झलनाथ खनालको टिप्पणी: ‘दलाल पूँजीपति वर्गको मुख्य प्रतिनिधि बन्यो रास्वपा’

  • शनिबार, भदौ ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 323
    SHARES

 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलाल पूँजीपति वर्गको मुख्य प्रतिनिधि बनेर सत्ता कब्जा गरेको गम्भीर टिप्पणी गरेका छन्। कोसी प्रदेश समितिद्वारा आयोजित एकता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले २०६२/६३ को परिवर्तनपछि दलाल पूँजीपति वर्गको नेतृत्व नेपाली कांग्रेसले गर्दै आएकामा अहिले त्यो स्थान रास्वपाले लिएको र सोही शक्तिबाट व्यापक दमन सुरु भएको दाबी गरे।

संसदीय व्यवस्थामा राजतन्त्रकाल जस्तो सोझै ‘मुख्य शत्रु’ नभनिए पनि वर्गीय हिसाबले यतिबेला कम्युनिस्ट आन्दोलनको मुख्य प्रतिद्वन्द्वी नै रास्वपा रहेको खनालको ठम्याइ छ। वर्तमान सरकारले ल्याएको नीति, कार्यक्रम तथा बजेटले आम तथा तल्लो वर्गका जनताको हित नगरेर केवल माथिल्लो वर्गलाई मात्र फाइदा पुर्‍याएको र जनतामाथि भारी करको बोझ थोपरेको आरोप उनले लगाए।

हालैका निर्वाचनमा कम्युनिस्ट शक्तिहरूले बेहोरेको पराजयलाई नेतृत्वको कमजोरीका रूपमा औंल्याउँदै खनालले बाह्य शक्तिभन्दा पनि आफ्नै असन्तुष्ट कार्यकर्ता तथा समर्थकहरू अन्य शक्तिमा ढल्किएकाले यस्तो परिणाम आएको बताए। सुकुम्वासी, मजदुर, विद्यार्थी र पत्रकारहरू वर्तमान नीतिका कारण मारमा परेको भन्दै उनले विगतका गल्ती-कमजोरी सच्याएर सबै कम्युनिस्ट शक्तिहरू नयाँ ढङ्गले समाजवादी क्रान्तिका लागि एकताबद्ध हुनुपर्नेमा जोड दिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी