वाग्मती सफाइ अभियान ६९३औँ हप्ताः नदी किनारमा वृक्षरोपण

वाग्मती सफाइ अभियान ६९३औँ हप्ताः नदी किनारमा वृक्षरोपण

  • शनिबार, भदौ ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

काठमाडौँ, ६ भदौः ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियानको ६९३औँ हप्ताको सफाइका क्रममा आज विभिन्न जातका ५० वटा बिरुवा रोपिएको छ ।

वर्षाको कारण नदीभित्र जमेको फोहर निकाल्न नसकिने अवस्था भएपछि नदी किनारमा विभिन्न जातका ५० वटा बिरुवा रोपण गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । नदी क्षेत्रको स्वच्छतालाई दीर्घकालीन रूपमा सहयोग पुग्ने गरी पाँच फिटभन्दा अग्ला बिरुवा रोपिएको हो ।

आज तिलगङ्गा आँखा अस्पताल अगाडि वाग्मती नदी किनारमा रोटरी क्लब अफ काठमाडौँ हेरिटेजको नेतृत्वमा वृक्षरोपण गरिएको हो । वृक्षरोपणसँगै यस क्षेत्रमा सफाइ पनि गरिएको पनि उहाँले बताउनुभयो । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक शनिबार नियमित रूपमा सञ्चालन हुँदै आएको छ ।

महाअभियानबाट प्रभावित भएर वाग्मतीका अन्य सहायक नदीहरूमा पनि सफाइ सुरु भएको छ । चक्रपथका विभिन्न खण्डका, राजधानीका सम्पदा क्षेत्रका साथै उपत्यका बाहिरका मुख्यमुख्य नदी, सहर र सम्पदा क्षेत्रमा पनि सफाइ अभियान सुरु भएको छ । राजधानी र राजधानी बाहिर गरेर हाल १०८ भन्दा बढी स्थानमा सफाइ अभियान सुरु भएको सफाइ महाअभियानले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ