कृषि उत्पादन वृद्धि गर्न विभिन्न बालीका उन्नत जात विकास

कृषि उत्पादन वृद्धि गर्न विभिन्न बालीका उन्नत जात विकास

  • शनिबार, भदौ ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

काठमाडौँ, ६ भदौः नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न विभिन्न बालीका करिब नौ सय उन्नत जातहरू विकास गरेको छ । परिषद्ले धान, मकै, गहुँ, कोदो, फापर, जौलगायत अन्नबाली, दलहन, तेलहन, आलु, तरकारी, फलफूल तथा कन्दमूल बाली उन्मोचन गरेको हो ।

विभिन्न भौगोलिक हावापानी (तराईदेखि उच्च पहाडसम्म) सुहाउँदा रोग प्रतिरोधी र उच्च उत्पादन दिने ती बालीको वैज्ञानिक अनुसन्धान सम्पन्न गरी खेतीका लागि सिफारिस गरिएको परिषद्का प्राविधिक अधिकृत ऋषिराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आधुनिक कृषि अनुसन्धान र विकासका लागि संस्थागत कार्य गर्दै आएको परिषद्ले कृषिसम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्दै आएको छ ।

विभिन्न बाली वस्तुका जात/नश्ल तथा उत्पादन प्रविधि विकास गर्न कृषि अनुसन्धान कार्यक्रममार्फत कृषि क्षेत्रका समस्या निराकरणका उपाय पत्ता लगाउने र कृषिसम्बन्धी नीति तर्जुमाका लागि सरकारलाई परिषद्ले आवश्यक सहयोग गर्दै आएको जनाइएको छ ।

कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा सुदृढीकरण, आयात प्रतिस्थापन र समग्र राष्ट्रिय अर्थतन्त्रको विकासमा कृषि अनुसन्धानले योगदान पुर्‍याएको परिषद्का प्राविधिक अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ