बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

  • शनिबार, भदौ ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 703
    SHARES

राँझा (बाँके), ६ भदौः बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा पहिलो पटक विशेष जाँच कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि विद्यालयस्तरमा स्वास्थ्यकर्मीको टोली खटाएर छात्राको रगतमा हेमोग्लोबिनको मात्रा परीक्षण गर्ने र आवश्यक परामर्श तथा उपचार दिने नमुना अभियान थालेको हो ।

गाउँपालिका उपाध्यक्ष निर्मला रोकायका अनुसार मातृ मृत्युदर घटाउने तथा गर्भवती अवस्थाका जटिलता समयमै पहिल्याउने उद्देश्यले गाउँपालिकाले आन्तरिक स्रोत जुटाएर निः शुल्क ग्रामीण भिडियो एक्सरे (अल्ट्रासाउन्ड) सेवा पनि सञ्चालनमा ल्याइएको छ । भिडियो एक्सरेमा जोखिम देखिएमा स्वास्थ्यकर्मीले तत्काल विशेषज्ञ अस्पतालमा प्रेषण (रेफर) गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । यसबाहेक सुत्केरी, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा तथा बर्थिङ सेन्टरमा प्रयोगशाला सुविधा विस्तार गरिएको छ ।

बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीका अनुसार बैजनाथका आठ वटै वडामा स्वास्थ्य संस्था क्रियाशील छन् । बनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकसहितको टोली कार्यरत छ भने चिसापानी, नौवस्ता र टिटिहिरियामा स्वास्थ्य चौकी तथा अन्य वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालित रहेका उहाँले जानकारी दिनुभयो । सङ्क्रमण तथा विपद् व्यवस्थापनका लागि पालिका र वडास्तरमा ‘रेपिड रेस्पोन्स टिम’ समेत परिचालन गरिएको छ ।

सामाजिक विकास समिति संयोजक भूमिसरा रानाले सीमान्तकृत वर्ग, आमा र शिशुको स्वास्थ्य सुधारका लागि आधुनिक प्रविधि र घरदैलोमै पुग्ने स्वयंसेविकामार्फत गुणस्तरीय सेवा प्रवाह भइरहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ